दफा १३
निजी सचिवालय र कर्मचारीको व्यवस्था
(१) प्रधान न्यायाधीशले आफ्नो कार्यकालभरका लागि निवासको निजी सचिवालयको निमित्त अनुसूची–२ मा उल्लेख भए बमोजिमको कर्मचारी सुविधा पाउनेछ ।
(२) प्रधान न्यायाधीशलाई निजको निजी सचिवालयको लागि अनुसूची–२ मा उल्लेख भए बमोजिमको सामान उपलब्ध गराइनेछ र त्यसरी उपलब्ध गराइएका सामानहरू प्रधान न्यायाधीशले आफ्नो कार्यकाल समाप्त भएपछि एक हप्ताभित्र सर्वोच्च अदालतमा फिर्ता बुझाउनु पर्नेछ ।
(३) निजी सचिवालयको लागि मसलन्द तथा अतिथि सत्कारको निमित्त प्रधान न्यायाधीशलाई अनुसूची–२ मा उल्लेख भए बमोजिमको रकम उपलब्ध गराइनेछ ।